अख्तियारमा कर्णालीका एक हजार बढी उजुरी

सुर्खेत । एक वर्षको अवधिमा कर्णालीका अनियमितता तथा भ्रष्टाचारका एक हजार बढी उजुरी परेको छ । आर्थिक वर्ष २०७८–०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा एक हजार चार सय ३२ उजुरी परेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी सुर्खेतबाट २९३, दैलेखबाट २४०, मुगुबाट १५०, कालिकोटबाट १४५, हुम्लाबाट १४३, जाजरकोटबाट १३६, जुम्लाबाट ९६, सल्यानबाट ९४, रुकुमपश्चिमबाट ७५ र डोल्पाबाट ५५ उजुरी परेका छन् ।
कार्यालयमा वर्षेनि उजुरीको संख्या बढ्दै गइरहेको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । कार्यालयमा परेका अधिकांश उजुरीहरु स्थानीय तहका रहेको रिजालले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७८–०७९ मा झण्डै ६३ प्रतिशतले उजुरी बढेको छ ।
यसरी कार्यालयको तथ्यांक अनुसार स्थानीय पालिकाहरुमा विकाससँगै बेथिति बढिरहेको देखिन्छ । त्यसैगरी स्थानीय तहमा पनि शिक्षा सम्बन्धि बढी उजुरी आउने गरेको उनले बताए । गएको वर्ष कार्यालयमा आएका उजुरी मध्ये नौ सय ९ वटा उजुरी फर्स्याेट भएको सूचना अधिकारी रिजालले जानकारी दिए ।

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

कर्णालीमा ६ दिनमा २७ फरार अभियुक्त पक्राउ

तीन दिनदेखि ११ वर्षीया बालिका बेपत्ता

प्रतिक्रिया