मिश्रको पुस्तक ‘राजनीतिसँगै राजकाज’ को लोकार्पण

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ लोकार्पण गरिएको छ । नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेटमा शनिबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, अर्थशास्त्री स्वर्णिम वाग्ले र लेखक मिश्रले पुस्तकको लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रममा पत्रकार समा थापाले ‘राजकाज संवाद’समेत गरिन् ।
मिश्रको पुस्तक नेपालको दूरदृष्टिपूर्ण रूपान्तरण तथा राजनीतिक नेतृत्वमा चासो हुने सबैले पढ्नैपर्ने किसिमको रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. वाग्लेले बताए । ‘नेपालका लागि उदार कल्याणकारी राज्य, गतिशील निजी क्षेत्र र समतामूलक समृद्धिबीचको अकाट्य सम्बन्धको गहकिलो अर्थ-राजनीतिक दस्तावेज पनि हो, यो पुस्तक,’ उनले भने । यसले समाजलाई समृद्धिको बाटोमा अघि बढ्न मार्गनिर्देश गर्ने उनको भनाइ छ ।
संवादका अवसरमा पूर्वप्रधानमन्त्री भट्टराईले पुस्तकले उठाएको कल्याणकारी लोकतन्त्रको अवधारणा नेपाल जस्ता मुलुकका लागि उपयोगी रहेको बताए । साथै लोकतन्त्र प्राप्तिका लागि संघर्ष एवम् योगदान गरेकाहरूले दिगो नेतृत्व गरेर नेपाललाई समृद्धिको बाटोमा अघि लैजान सकिने उनको भनाइ छ ।
कार्यक्रममा लेखक मिश्रले नेपालमा राजनीति गर्ने धेरै रहे पनि राजकाजका सन्दर्भमा सबै चुकेको धारणा राखे । नेपालका नेताहरूमा दूरदृष्टि र विकासचेत नभएसम्म यहाँको विकास नहुने उनले बताए । ‘हामीले राजनीति धेरै गर्यौं । तर राजकाजमा सधैं चुक्यौं,’ उनले भने, ‘अहिलेको नेतृत्व इमानदार, क्षमतावान् र दूरदृष्टिपूर्ण विचार राख्ने नभएसम्म देशको विकास हुन सक्दैन ।’ आफूले यिनै विषयमा जोड दिएर पुस्तक लेखेको उनको भनाइ छ ।
‘कल्याणकारी लोकतन्त्रको प्रस्तावना’लाई मूल निबन्ध बनाई त्यसैको सेरोफेरोमा शिक्षा, स्वास्थ्य, परराष्ट्र, अर्थतन्त्र, सुशासन, नेतृत्व, राजनीति, राजकाज र समाजका विविध आयाममाथि विश्लेषण गरिएका ३८ ओटा स्तम्भ-निबन्धहरूको सङ्ग्रह हो, ‘राजनीतिसँगै राजकाज’ ।
फाइनप्रिन्टले प्रकाशन गरेको लागेको पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया