टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत

काठमाडौंँ- शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् ।
हाल यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले जनाएको छ । टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजिटलाइज्ड गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरे।
यो भुक्तानी रियल–टाइममा हुने भएकोले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नुहुनेछ । यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_OjDylLi31u_2sknbyrfduwkaytmhrxwzkvwnivqblrkyyp3llhm6udnlxwwctnixv6k7qir.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

प्रतिक्रिया