उच्च अदालतको न्यायाधीशमा दुई सय ७७ आकांक्षी

काठमाडौँ - उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा दुई सय ७७ आकाङ्क्षीहरूले उम्मेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।
परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट एक सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।
कूल आवेदन परेकामध्ये दुई सय ५५ पुरुष र १९ महिला रहेका छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोटमा गरीे सूची प्रकाशित हुनेछ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया