आइएमई जनरल इन्स्योरेन्समा पुनः फर्किए बादे

काठमाडौंँ- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको मिति २०७९ आषाढ ७ गतेको १२० औं बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ २३ गते देखि लागू हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका छन् ।
श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब सात बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको बताइएको छ ।
श्रेष्ठको दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत सञ्चालकहरु, सेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी एवम् कम्पनीका ग्राहकहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_Q7IIY6qllp_kgbuuujnecgh6abp1sbpzlpgriwrges7uorkdwgnq5jxbslvtvv8mkpi80zl.jpg)
प्रतिक्रिया