एसिया कपः कोहलीका लागि आलोचकलाई जवाफ दिने अवसर
काठमाडौँ- युएईमा अगस्ट २७ बाट सुरु हुने एसीसी एसिया कप क्रिकेटका लागि भारतले स्टार ब्याट्सम्यान विराट कोहलीलाई समेट्दै १५ सदस्यीय टिमको घोषणा गरेको छ ।
खराब लयमा गुज्रिरहेका कोहलीलाई एसिया कपको टिममा राख्नुको अर्थ भनेको अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने आईसीसी टी-ट्वान्टी विश्वकप अघि उनी लयमा फर्केको हेर्ने चाहना हो ।
यसअघिको सन् २०२१ मा भएको टी-ट्वान्टी विश्वकपमा भारतले खराब प्रदर्शन गरेका कारण पनि कप्तान रोहित शर्मा र उनको टिममाथि यसपटक विश्वकपमा राम्रो प्रदर्शन गर्ने थप दबाब छ ।
विश्वकप आउन करिब दुई महिना बाँकी हुँदा भारतलाई एसिया कपले तयारीको अवसर प्रदान गर्नेछ । जसका लागि कोहलीलाई पनि टिममा समेटिएको छ ।
एसिया कपको पहिलो खेलमा भारतले अगस्ट २८ मा पाकिस्तानविरुद्ध खेल्दैछ र उक्त खेल कोहलीका लागि एक अवसर हुन सक्छ । साथै आलोचकहरुको मुख बन्द गर्ने अवसर पनि एसिया कप हुन सक्नेछ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_an0SKCUw96_hndlflweyrrzrpswcx44b7hla4w5vff8bcppg6ummzwynxqvwtzpt09cnqby.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया