बिस्का जात्रामा झुमेकाे भक्तपुर (फाेटाे फिचर)

भक्तपुर : बिस्का जात्राकाे पहिलाे दिन प्यागोडा शैलीमा काठैकाठले निर्माण गरिएको तीनतले भैरवनाथको रथ तानिएकाे छ । भक्तपुरको तःमारी(टौमढी)स्थित ङातापोल मन्दिरको आँगनमा शनिबार साढे तीन बजेदेखि रथ तान्न सुरु भएको थियाे ।
तान्त्रिक विधिपूर्वकपूजा गर्दै रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराई खड्ग, तरवार, निशान राखी सकेपछि परम्परा अनुसार गः हिटीबाट माथिल्लो र तल्लो भेगका बासिन्दाले रथ तानेका थिए । एक घण्टा रथ तानेपछि भैरवनाथको रथ तल्लाे भेगकाले जितेर लगेका छन् ।
भैरवनाथको रथ तानेर तल्लो भेग (क्वः ने) टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशं गोपाल, तेखापुखु सम्म पुर्याइन्छ भने माथिल्लाे भेग (थःने) क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयसम्म रथ तानेर पुनः तौमढी पुर्याई जात्रा सम्पन्न गर्ने परम्परा छ । कोभिड-१९ को संक्रमणको जोखिमका कारण गतवर्ष यो रथारोहण भएको थिएन ।

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_sX5RxNiyg6_s6hdlw83gf2cpiztew4iixemukubgfzipxdwhv5pknbdxf8iytwvbouin98z.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

प्रतिक्रिया