अफगानिस्तानमा भएका भिडन्तमा ९२ जनाको मृत्यु

काबुल : अफगानिस्तानमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको छ । स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनाहरूमा परी उनीहरूको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा भएका घटनाहरूमा परी कम्तीमा ९२ जनाको मृत्यु भएको विवरण हामीलाई प्राप्त भएको छ, एक सुरक्षा अधिकारीले भने । घटनामा परी मृत्यु भएका मध्ये दुई जना आम नागरिक, २७ जना अफगानीस्तानी राष्ट्रिय सुरक्षा दलका सुरक्षाकर्मी र ६३ जना तालिवान लडाकूहरू रहेको पनि सरक्षा अधिकारीहरूले पुष्टि गरेका छन् ।
घटनामा परेका मध्ये ५१ जना तालिवान लडाकु र सात जना सुरक्षाकर्मी घाइते पनि भएको जनाइएको छ । अफगानिस्तानमा गत करिब चार दशकदेखि द्वन्द्व जारी छ । अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको अगुवाइ गरिरहेको छ ।
अफगान सरकारले पनि अमेरिकी नेतृत्वको सुरक्षा व्यवस्थामा तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ । सन् २००१ मा अमेरिकाले अफगानिस्तानको तालिबान सत्तालाई हटाइदिएको थियो ।
अफगानिस्तानमा करिब १४ हजार अमेरिकी सेना रहेकोमा अहिले घटाउँदै करिब २५ सयमा झारिएको छ । थप घटाउने की बढाउने भन्ने बारेमा जो वाइडन नेतृत्वको नयाँ अमेरिकी प्रशासनले अहिले समीक्षा गरिरहेको छ । अफगानिस्तानमा अमेरिकी बाहेक ब्रिटेन, जर्मनी, इटली जस्ता मुलुकबाट समेत हजारौँको संख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ ।
उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सदस्य राष्ट्रहरूले अफगानी फौजलाई सल्लाह र सहायता दिँदै आएका छन् । पछिल्ला वर्षहरुमा सुरक्षाका गम्भीर घटनाहरुमा पनि नेटो सेनाले अफगान सुरक्षाकर्मीलाई नै अघि सार्दै आएको छ । (रासस)

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया