युएईको लिगका लागि सन्दीप मार्की प्लेयर

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई युएईमा आयोजना हुने इन्टरनेसनल लिग (टी-ट्वान्टी) का लागि अनुबन्ध गरिएको छ । युएईको फ्रेन्चाईज क्रिकेटका लागि लेग स्पिनर लामिछानेलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिएको युएईको क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताको पहिलो संस्करणका लागि लामिछानेसहित २० खेलाडीलाई मार्की प्लेयरको रुपमा अनुबन्ध गरिएको हो ।
जनवरी ६ देखि फेब्रुवरी १२ तारिखसम्म दुबई, अबुधावी र शारजाहमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा कूल ३४ खेल हुनेछन् ।
सहभागी टिमले १८ खेलाडी राख्न पाउने भएका छन् । उनीहरूले १२ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । यसमध्ये युएईका ४ तथा एसोसिएट राष्ट्रका २ खेलाडी राख्नुपर्नेछ ।
इंग्ल्यान्ड, वेस्ट इन्डिज, अष्ट्रेलिया, दक्षिण अफ्रीका, न्यूजिल्यान्ड, श्रीलंका, अफगानिस्तान, जिम्वाब्वे, आयरल्यान्ड, अमेरिका, नामिविया, नेदरल्यान्ड्स तथा नेपालजस्ता देशका खेलाडीहरूको सहभागिता हुने आयोजकले जनाएको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_tmDjQQXYrh_jsklujjogpls2qdry0fzu7a40fsaeptqnhyajtheugwqgmk861vg4w7jfiof.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया