महिला र पुरुषलाई विभेद गर्ने कानुनहरुको पहिचान गर्न समावेशी आयोगलाई निर्देशन

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले समावेशीताको कार्यान्वयनमा बाधा पुर्याउने विद्यमान कानुनहरुको पहिचान गर्न गराउन राष्ट्रिय समावेशी आयोगलाइ निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले संविधानले महिलालाई पुरुष सरह समान अधिकारको व्यवस्था गरेको भएपनि हालसम्म ४२ भन्दा बढी कानुनमा महिलालाई विभेद गर्ने प्रावधान र अन्य क्षेत्रको अवस्था पनि यस्तो रहेकाले समावेशीताको कार्यान्वयनमा बाधा पुर्याउने विद्यमान कानुनहरुको पहिचान गर्न गराउन निर्देशन दिएकोे हो ।
बैठकले समावेशिताका सम्बन्धमा स्पष्ट धारणा सहित नतिजा प्रदायक नीतिगत सिफारिस गर्न र कार्यक्षेत्र दोहरिएका अन्य आयोगहरुसंग सहकार्य गर्न पनि समावेशी आयोगलाई निर्देशन दिएको छ ।
बैठकमा समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले समावेशीताको कार्यान्वयनका लागि आयोगले बिभिन्न सिफारिस गरेको बताए । खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक र किसानलगायत ११ वटा क्षेत्रको अध्ययन गरी नीतिगत सिफारिस गरिएको बताए ।
त्यस्तै बैठकमा सांसदहरुले प्रत्येक जातजाति, भूगोल वा क्षेत्रको आधारमा छुट्टाछुट्टै आयोग बनाउनुको सट्टा सबैको प्रतिनिधित्व हुनेगरी एउटै शाक्तिशाली आयोग बनाउनुपर्नेमा जोड दिएका थिए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया