लामाको कार्यकाल सकियो, शाही मन्त्री बन्दै

सुर्खेत- कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय छिरिङ डम्डुल लामा (कार्चेन)को कार्यकाल सकिएलगत्तै आज नेकपा माओवादी केन्द्र सांसदीय दलको बैठक सुरु भएको छ ।
माओवादी भागमा परेको उक्त मन्त्रालयमा नयाँ मन्त्री पठाउने विषयमा दलको बैठकले निर्णय गर्ने प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन् । गैरसांसद लामालाई माओवादीले हुम्लाबाट मन्त्री बनाएको थियो । संविधानमा भएको व्यवस्थाअनुसार ६ महिना कार्यकाल पूरा भएपछि लामा आजबाट बिदा भएका हुन् ।
कर्णाली सरकारमा अहिले तीन दलीय सत्ता गठबन्धन छ । जसअनुसार माओवादीले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय , उद्योग, पर्यटन, वन तथा वातावरण सम्हालेको छ । यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र भूमि, व्यवस्था, कृषि मन्त्रालय र काँग्रेसले मुख्यमन्त्री सहित सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेको छ ।
रिक्त रहेको ठाउँमा डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य वीरबहादुर शाहीलाई मन्त्री बनाउने अन्तिम तयारी रहेको स्रोतले बताएको छ । ११ जना सांसद रहेको माओवादीमा दलका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीसहित ७ जना मन्त्री भइसकेका छन् ।
यस्तै पुष्पा घर्ती उपसभामुखको भूमिकामा छिन् । मन्त्री नभएका बाँकी कृष्णा शाह, रातो कामी पनि संसदका विषयगत समितिमा रहेर काम गरिरहेका छन् । शाह सचेतक रहेकी छिन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया