सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौँ- फरवार्ड एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले सिजन २०२२/२३ प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नर्वेली खेलाडीले डेब्यु खेलमै दुई गोल गरेपछि सिटीले वेस्ट ह्याम युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै तीन अंक जोड्यो ।
खेलको ३६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हालान्डले ६५ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे । यता, घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग २-१ ले पराजित भयो । युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए ।
पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पर्यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे ।
युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया