ब्राइटनसँग हार्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ- ब्राइटनसँग २-१ को हारसँगै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग २०२२/२३ को सुरुवात गरेको छ । आइतबार राति प्रशिक्षक एरिक टेन हाङको नेतृत्वमा युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै स्तब्ध बन्यो ।
युनाइटेडबाट स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । पास्कल ग्रोसले ३०औं मिनेटमा गरेको गोलबाट युनाइटेडले पहिलो अग्रता लिएको थियो । त्यसको ९ मिनेटपछि नै ब्राइटनले अग्रता दोब्बर पार्यो । ३९औं मिनेटमा पास्कलले नै दोस्रो गोल गरे ।
युनाइटेडले एक गोल पनि आत्मघाती उपहार पाएको थियो । खेलको ६८औं मिनेटमा ब्राइटनका एलेक्स म्याक एलिस्टरबाट आत्मघाती गोल भएको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया