कर्णालीका मन्त्रीत्रयको राजीनामा स्वीकृत

काठमाडौँ : कर्णाली प्रदेशमा एमालेका तीनजना मन्त्रीले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय नन्दसिं बुढाले दिएको राजीनामा मुख्यमन्त्री शाहीले शनिबार स्वीकृत गरेका हुन् ।
मन्त्रीत्रय ज्वाला, रावल र बुढाले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए । तीनै जनाको राजीनामा स्वीकृतपछि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विमला केसी दिएका छन् ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Mo9b2gpp0R_zg0awavhbp5cclj5lkqlu7x31hwzp1vsj7sdyzf6y0en6zx5y5p3iyqmv6zj.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया