भारतमा एक दिनमा झण्डै डेढ लाख कोभिड-१९ संक्रमित थपिए

नयाँ दिल्ली : भारतमा कोभिड-१९ बाट एकै दिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् । यो सङ्ख्या महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरूले शनिबार जनाएका छन् ।
उनीहरूकाअनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका हुन् । यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना सङ्क्रमित भएका थिए ।
सरकारी अधिकारीहरूले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको मृत्यु भएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
शुक्रबार मात्रै ७७ हजार ५६७ जना संक्रमणमुक्त भएका छन् भने अहिलेसम्म मुक्त भएकाहरूको सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ । रासस

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

प्रतिक्रिया