शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

फाइल तस्बिर

धनगढी- कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका-३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको हो । 

शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्‍ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । 

उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।