निर्वाचनमा उचित सम्मान नभए विचार गर्नुपर्छ : अध्यक्ष नेपाल

पोखरा- नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उचित सम्मान भएन भने विचार गर्नुपर्ने बताएका छन् ।
शनिबार पोखरामा पत्रकारसँग भेटघाटको क्रममा उनले एक्लै चुनाव लड्ने अवस्था आउने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । तर चित्तबुझ्दो सिट बाँडफाँट भए गठबन्धनबाटै चुनाव लड्ने उनको भनाइ थियो । उनले आफूहरूको माग कति सिट भन्ने विषयमा भने खुलाएनन् ।
आगामी निर्वाचनको लागि तयारीमा जुटेको भन्दै नेपालले कार्यकर्तालाई भने, ‘पार्टी संगठन बलियो बनाउनुस् । उम्मेदवार खडा गर्नुस् ।’ उनले गठबन्धनबाट चुनाव लड्दा कसलाई कति सिट भन्ने विषयमा छलफल भइरहेको बताए ।
यस्तै अध्यक्ष नेपालले एमसीसीको विषयमा पनि टिप्पणी गरेका थिए । व्याख्यात्मक टिप्पणी गर्न सकिने अवस्था रहँदा रहँदै पनि विरोधीले विरोधका लागि मात्रै विरोध गरेको जनाए । ‘एमालेले कुनै पनि बुँदा संशोधन नगरी पास गर्ने तयारीमा थियो,’ उनले थपे, ‘हामी देशको हितमा नरहँदा बुँदा सच्चाएर पास गर्ने भनेका थियौँ । सोही सहमति अनुसार एमसीसी पारित भएको हो ।’

खोपारामा पर्यटकीय पूर्वाधार निर्माण

माझफाँट–लेकफाँट सडक कालोपत्र

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

प्रतिक्रिया