तिलाका ३० विद्यालयले पाएनन् दिवा खाजा र सेनेटरी प्याडको रकम

जुम्ला- तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगतदेखि पाउँदै आएको दिवा खाजा र छात्राका लागि दिने सेनेटरी प्याडबापतको रकम रोकिएको बताएका छन् ।
गाउँपालिकाको शिक्षा र लेखा शाखाको गैर जिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बालविकास केन्द्रले जनाएका छन् ।
तर, अभिभावकले भने विद्यालय र शिक्षकले नै रोकेको जस्तो व्यवहार गर्न थालेको सेतिवाडा माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद अधिकारीले बताए । उनले भने, ‘पालिकाले तिलाका सबै बिद्यालयको दिवा खाजा र सेनेटरी प्याडबापतको रकम रोकेको छ ।’
रकम रोकिएका सबै विद्यालयका प्रधानाध्यापकले यसको विरोध गरेको बताए । तर, पालिकाको शिक्षा शाखा र लेखाले चेक नकाटेको प्रतिकिया दिए । उनका अनुसार सेतीवाडा विद्यालयमा दुई सय ६ जना दिवा खाजा खाने बिद्यार्थी छन् । एक सय ९६ जना छात्रा छन् । यहाँ जम्मा तीन सय ८० जना विद्यार्थी अध्ययनरत छन् ।
६४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ फ्रिज
तिला गाउँपालिकाको शिक्षा शाखाका सहसंयोजक दिपेन्द्र हमालका अनुसार लेखाका कारण उक्त रकम रोकिएको हो । उनले भने, ‘हाम्रो शाखाले सबै विद्यालयको छात्रावृृत्ति, दिवा खाजा, विद्यालय सञ्चालन अनुदान, पाठ्यपुस्तकलगायतको रकम बारे प्रक्रिया पूरा गररे ७ असारमै लेखामा पठाएको हो ।’
तर लेखाले अन्य सबै शीर्षकको चेक काटेर दिवा खाजा र सेनेडरी प्याडको रकम भने रोकेको उनको भनाइ छ । उनका अनुसार तिलाका विद्यालयहरूले पाउने दिवा खाजाको ४७ लाख, पाँच हजार ६ सय ८० रुपैयाँ र सेनेटरीप्याडको १७ लाख २९ हजार गरी ६४ लाख ३४ हजार ६ सय ८० रुपैया फ्रिज गरेको हो ।
शिक्षा शाखाका सहसंयोजक हमालका अनुसार गतवर्ष अपुग छात्रावृत्रिको रकम पालिकाले थपेको थियो । यही कारण महालेखा परीक्षकको कार्यालयले २४ लाख बेरुजु देखाएको थियो । यही रकम असुल गर्न रकम नपठाएको हुनसक्ने उनले जवाफ दिए ।
तिला गाउँपालिका–५ का पूर्व वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय सरकारले यो कार्यक्रम आफै लागु पर्नुपर्नेमा आएको रकम समेत रोक्नु गल भएको बताए । उनले यो रकम तुरुन्त मिलाउन उनले दबाब दिने बताए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया