सोनाको तीज गीत : 'लगाउने हो फन्को' सार्वजनिक

काठमाडौँ - तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा आधारित गीत 'लगाउने हो फन्को' सार्वजनिक भएको छ । शुक्रबार सोना अमात्य युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत् व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरूलाई खुलेर नाच्न आग्रह गरिएको छ ।
गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारको अभिनय छ । चन्द्रमणि भट्टराईको शब्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ । गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन् ।
भिडिओमा सुबोल थापाको सह निर्देशन रहेको छ । यसलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया