फूल राम्रो कि म ?
बेइजिङ : पछिल्लो वर्षको वसन्त ऋतुकालमा कोभिड-१९ महामारीका कारण रङ्गीचङ्गी फूलको मौसममा उद्यानमा बेफिक्री हिँडदुल गर्न नपाएका बेइजिङबासीले यस पटक भरपुर आनन्द उठाएका छन् । कोभिड-१९ लाई नियन्त्रणमा लिइसकेको चीन र स्थानीय रूपमा सङ्क्रमण नभएको ६० भन्दा बढी दिन पुगिसकेको बेइजिङमा बेइजिङबासीसँगै आन्तरिक पर्यटकले बेइजिङको सबैभन्दा सुन्दर समयमा बेइजिङका ठूला, साना उद्यानहरूको घुमघाम गरेका छन् ।
बेइजिङमा ऐतिहासिक महत्व बोकेका, युनेस्कोमा सुचीकृत भएका तथा साना, ठूला, निःशुल्क र शुल्क लाग्ने, र अरू थरिथरिका गरी हजारभन्दा बढी उद्यानहरू रहेका छन् । यी सबै अनेकन् थरिका वासन्ती फूलबाट रङ्गिएका उद्यानहरूमा रम्न, रमाउन तथा सेल्फी खिच्न मानिसहरू हतारिएका देखिन्छन् ।
एक तथ्याङ्क अनुसार, हालैमात्र सम्पन्न चिनियाँहरूको छिङमिङ चाडको तीन दिने विदामा उद्यान घुम्ने घरेलु पर्यटकको नयाँ रेकर्ड बनेको छ । तथ्याङ्क अनुसार, गृष्म प्रासाद, बेइजिङ चिडियाखाना, यूयूआनथान पार्कलगायत मुख्य ११ वटा उद्यानहरूले तीन दिनमा (अप्रिल ३-५) १९ लाख पर्यटक भित्र्याएका छन् ।
यसै गरी बेइजिङ नगरपालिका संस्कृति तथा पर्यटन विभागको एक तथ्याङ्क अनुसार, बेइजिङका १८२ वटा पर्यटन स्थल तथा पार्कहरूले ६० लाख ८७ हजार पर्यटक भित्र्याएका छन् । यसबाट २९ करोड ३ लाख यूआनको आमदानी गरेको छ । यी विविध उद्यानहरूमा चेरीको फूल, कतै आरूको फूल, कतै चम्पा यस्तै वसन्ती वनस्पतीको मेला समेत लाग्ने गर्दछ ।
यी इन्टरनेशनल स्कल्पचर (अन्तर्राष्ट्रिय मूर्ति) पार्कका तस्वीरहरू हुन् । यो पार्कमा ४० वटा देश तथा क्षेत्रका १८० मूर्तिकारका मूर्तिहरू राखिएका छन् यद्यपि हाल वसन्तकालमा चम्पाका विभिन्न प्रजातिका फूलहरू धेरै देखिन्छन् । यहाँ ८ प्रजातिका चम्पाहरू पाइन्छन् र यो बेइजिङको ठूलो चम्पा उद्यान हो र यसले ५ हेक्टर क्षेत्रफल ओगटेको छ ।

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

प्रतिक्रिया