मोटरसाइकलकाे ठक्करबाट महिलाको ज्यान गयो

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदी चोक नजिकै मोठरसाइकलले ठक्करबाट एक महिलाको मृत्यु भएको हो । मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी वीरेन्द्रनगर १० की ४३ वर्षीया बालकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सुरज कार्कीका अनुसार घाइते नेपालीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको कार्कीले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया