‘शिक्षाका लागि साइकल’ का यात्री बस्न्यात सम्मानित

ललितपुर : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘पेडल फर एजुकेशन’ नारासहित दोलखादेखि दिपायलसम्म साहसिक साइकल यात्रा गर्ने देवेन्द्र बस्न्यातलाई बिहीबार प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् । परोपकारी संस्था हेल्प नेपाल नेटवर्कको आयोजनामा भएको सो कार्यक्रममा शताब्दी पुरुष जोशीले बस्न्यातले समाज सेवाका लागि सबैलाई जागृत बनाएको बताए ।
कार्यक्रममा वक्ताहरूले दोलखाको राजकुलेश्वर सामुदायिक विद्यालयको निर्माण तथा डडेलधुराको पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउन दोलखादेखि दिपायलसम्मको साहसिक एकल साइकल यात्रा गर्ने बस्न्यातको चर्चा गरे। हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले यस पटकलाई परोपकारी साइकल यात्रा समापन भएको बताउँदै १२ सय किलोमिटरको साहसिक तथा एकल यात्रा गर्ने देवेन्द्रको प्रशंसा गरे । सो अवसरमा हेल्प नेपालका संस्थापक अध्यक्ष रवीन्द्र मिश्र, संस्थाका सल्लाहकारहरू शङ्कर कोइराला, विजय राजभण्डारी, साइकल यात्री देवेन्द्र र संस्थाकी सचिव लता घिमिरेले आ–आफ्नो धारणा राखे । रासस

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

प्रतिक्रिया