शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

एकै दिन थपिए ९ सय १२ जना कोभिड संक्रमित, एककाे मृत्यु

काठमाडौँ- नेपालमा थप ९ सय १२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ९ सय ४१ पिसिआर परीक्षणका क्रममा ५ सय २९ जना र ३ हजार ५ सय ५० एन्टिजेन परीक्षणका क्रममा ३ सय ८३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको छ ।

हालसम्म  नेपालमा कोभिडका कारण ११ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७१ हजार ६ सय २० जना निको भएका छन् ।

हाल नेपालमा ५ हजार ७ सय ६० सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।