उदयपुरमा बेरुजुको अवस्था : कटारीमा सबैभन्दा बढी, उदयपुरगढीमा घट्यो

उदयपुर- महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा २९ करोड बेरुजु छ । प्रतिवेदन २०७९ का अनुसार जिल्लाका ८ स्थानीय तहमा २९ करोड ८२ लाख २० हजार बेरुजु थपिएको हो । आर्थिक वर्ष २०७७/०७८ उदयपुरमा सबैभन्दा बढी कटारी नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएको छ ।
कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा बेरुजुको चाङ बढेको छ भने लिम्चुङबुङ गाउँपालिकाले बेरुजु रकम घटाउन सकेनन् । ती पालिकामा आर्थिक वर्ष २०७६/०७७ भन्दा झन बेरुजु बढेर आएको छ । महालेखाका अनुसार कटारी नगरपालिकामा १ अर्ब ८५ करोड २७ लाख ७४ हजारमध्ये ९ करोड ५५ लाख ५६ हजार अर्थात ५.१६ प्रतिशत पुगेको छ । यसअघि कटारी नगरपालिकाको बेरुजु ५ करोड ४३ लाख २७ हजार रहेको थियो ।
त्रियुगा नगरपालिकामा २ अर्ब ४२ करोड ६२ लाख १६ हजारमध्ये बेरुजु ६ करोड ८२ लाख ९९ हजार अर्थात २.८२ प्रतिशत देखिएको छ । यसअघि त्रियुगा नगरपालिकाको बेरुजु ५ करोड ४ लाख ८६ हजार रहेको थियो ।
चौदण्डीगढी नगरपालिकाको बेरुजु बढेर ३ करोड ९५ लाख १३ हजार पुगेको छ । चौदण्डीगढीमा कुल बजेट १ अर्ब ८१ करोड ३१ लाख ३३ हजारमध्ये २.१८ प्रतिशत बेरुजु छ । यसअघि चौदण्डीगढीमा १ करोेड ९६ लाख ३८ हजार बेरुजु थियो । लिम्चुङबुङ गाउँपालिकामा ६५ करोड ८१ लख २७ हजार रकममध्ये २ करोड ८२ लाख ६० हजार अर्थात ४.२९ प्रतिशत बेरुजु देखिएको छ । यसअघि लिम्चुङबुङको बेरुजु २ करोड १८ लाख १३ हजार बेरुजु थियो ।
बेलका नगरपालिकासहित उदयपुरगढी, ताप्ली र रौतामाई गाउँपालिकामा बेरुजु घटाउन सफल भएको छ । बेलका नगरपालिकाको यसअघि ४ करोड १ लाख ७९ हजार अर्थात २.७९ प्रतिशत बेरुजु घटेर १.९४ प्रतिशतमा झरेको छ । बेलका नगरपालिकामा १ अर्ब ५६ करोड ३९ लाख २१ हजारमध्येबाट ३ करोड ३ लाख ७४ हजारमा झरेको छ ।
ताप्ली गाउँपालिकामा ७९ करोड ३९ लाख ५९ हजारमध्ये बेरुजु १ करोड ७० लाख ३७ हजार रहेको छ । रौतामाई गाउँपालिकामा १ अर्ब १२ करोड ८४ लाख १६ हजार रकम मध्ये बेरुजु १ करोड ४५ लाख ९९ हजार रहेको छ ।
उदयपुरगढी गाउँपालिकामा १ अर्ब २१ करोड ८८ लाख ६ हजार रकममध्ये बेरुजु ४५ लाख ८२ हजार अर्थात ०.३८ प्रतिशत रहेको छ । यसअघि ९८ लाख ४ हजार अर्थात ०.८३ प्रतिशत बेरुजु रहेको मलेप प्रतिवेदनमा उल्लेख छ ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया