जापानमा कविता प्रतियोगिता : 'देशको रंङ' पहिलो, ‘उधारो सपना’ तेस्रो

जापान : जापानव्यापी खुल्ला कविता प्रतियोगितामा विमन किराँतीको कविता प्रथम भएको छ । एनआरएन जापान कान्साइ क्षेत्रीय समितिले आयोजना गरेको प्रतियोगीतमा ‘देशको रङ्ग’ शीर्षकको कविता प्रथम भएको हो । त्यस्तै मन्जुल बराइलीको कविता ‘वेपत्ता पसिनाहरू’ दोस्रो भएको छ भने सयपत्री थुलुङको ‘उधारो सपना’ शीर्षकको कविता तेस्रो भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमश: ५० हजार, ३० हजार र २० हजार जापानी येन प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट १० कविताका स्रष्टालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । जापानभित्र कलम चलाउने कविका ४९ वटा कविता प्रतिस्पर्धामा थिए । जापानमा बस्ने गर्ने साहित्यिक क्षेत्रमा राम्रो प्रतिभा भएकाहरुको हौसला प्रदान गर्न एनआरएन कान्साईले प्रतियोगिताका आयोजना गरेको संयोजक नरेन्द्र बस्नेतले बताए ।
अन्तराष्ट्रिय साहित्य समाज जापानले पनि यस्ता प्रतियोगिता लेख्नेहरूलाई हौसलासँगै प्रोत्साहन मिल्ने बताउँदै विजयी कविलाई बधाइ दिएको छ । पछिल्लो समय जापानमा साहित्यमा कलम चलाउने स्रष्टाहरुको संख्या बढ्दो छ ।

अष्ट्रेलियाको आर्बन नेपाली समुदाय र आर्वन प्रहरी एरिया कमान्डबीच सुरक्षा सहकार्य…

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

प्रतिक्रिया