कञ्चनपुरमा एकै दिन ३९ जनामा काेभिड संक्रमण

कञ्चनपुर- कञ्चनपुरमा आज एकै दिन ३९ जनामा काेभिड संक्रमण देखा परेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोभिड संक्रमण देखा परेको हो ।
चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । कोभिडको संक्रमण देखा परेका ३९ लाई होम आइसोलेसनमा पठाइएको छ । आज सातले कोभिड जितेर घर फर्किएका छन् भने अहिलेसम्म कोभिडलाई जित्नेको सङ्ख्या चार हजार पाँच सय ५८ पुगेको छ ।
जिल्लामा अहिलेसम्म एन्टिजेन परीक्षणबाट चार हजार सात सय ३२ र हेल्थ डेस्क गड्डा चौकी नाकामा एन्टिजेन परीक्षणबाट दुई हजार पाँच सय २८ मा कोभिड पुष्टि भएको छ । जिल्लामा कोभिड सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ रहेको छ भने अहिलेसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ११ रहेको छ ।
'कोभिडको संक्रमण बढ्न थालेपछि परीक्षणको दायरा बढाएका छौँ,' स्वास्थ्य कार्यालय प्रमुख सुनारले भने, 'खोप लगाउने कार्यलाई निरन्तरता दिइएको छ । कोभिडको संक्रमण बढी फैलिएका क्षेत्रबाट आएका व्यक्तिलाई निगरानीमा गरिरहेका छौँ । होल्डिङ सेन्ट र आइसोलेसन सञ्चालनबारे अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन ।'

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया