निजामती अस्पतालमा अब अनलाइनबाट भुक्तानी

काठमाडौँ - निजामती कर्मचारी अस्पतालले अनलाइन (विद्युतीय) माध्यमबाट भुक्तानी सेवाको सुरुआत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अनलाइन माध्यमबाट भुक्तानी सेवाको आज सुरुवात गरे । अनलाइनबाट भुक्तानी सेवाको सुरुआत गरेपछि अब सेवाग्राहीले मोबाइल बैंकिङबाट अस्पतालको स्वास्थ्य सेवाबापतको पैसा तिर्न सक्नेछन् ।
अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेलले सूचना प्रविधिलाई प्रयोग गरेर छिटोछरितोका लागि भुक्तानी सेवा सुरुवात गरिएको जानकारी दिए । `अब बिरामीले कुनै पनि स्वास्थ्य परीक्षणका लागि लाइन लागेर पैसा तिर्नु पदैन`, उनले भने, `परीक्षणको शुल्क कति लाग्छ भन्ने हामीले जानकारी दिन्छौँ । सोही आधारमा क्युआर कोडका माध्यमबाट अनलाइन भुक्तानी गर्न सक्नुहुनेछ ।`
पूरै शरीर (होलबडी)को स्वास्थ्य परीक्षणका लागि घरबाट पैसा तिरी अस्पतलामा आएर परीक्षण गराउन सकिनेछ । अनलाइन सेवा अस्पतालको वेभसाइट वा एपबाट सेवाग्राहीले पाउने छन् ।
यस्तै अस्पतालले ५० प्रतिशत टिकट पनि अनलाइनबाट नै काट्ने व्यवस्था मिलाएको अस्पतालका कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिए । उनका अनुसार अनलाइनबाट काटिने ५० प्रतिशतमा पनि आधा निजामती कर्मचारी र आधा सर्वसाधारणका लागि छुट्याइएको छ । ५० प्रतिशत टिकट भनेर लाइन लागेर काट्ने व्यवस्था गरिएको छ । यसअघि २५ प्रतिशत टिकट अस्पतालले अनलाइनबाट काट्ने व्यवस्था गरेको थियो ।
`अनलाइनबाट टिकट काटेर बिरामीले सिधै चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउन सक्छन्`, उनले भने, `हाम्रो प्राविधिक काम सकेपछि शतप्रतिशत बिरामीले अनलाइनबाट टिकट काटेर उपचार सेवा लिन सक्नेछन् ।`
यस्तै अस्पतालले टिकट काटिसकेका बिरामीको चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउने पालो पनि अब ‘डिस्प्ले’मार्फत हेर्न सकिने व्यवस्थासमेत गरिएको छ । बिरामीको पालो डिस्प्लेमा देखाएअनुसार चिकित्सकलाई आफ्नो स्वास्थ्य परीक्षण गराउनेछन् ।
डिस्प्लेमा अस्पतालमा कुन चिकित्सक कति नम्बर कोठामा, शय्या कति खाली र कति भरिएका छन् भन्ने कुराको जानकारीसमेत दिइएको उनले जानकारी दिए । उनले विस्तारै अस्पताललाई ‘डिजिटलाइज्ड’ गराइने बताए । चीन सरकारको सहयोगमा निर्माण भएको अस्पतालमा अहिले दैनिक औसत ८०० बिरामी उपचार गर्न आउने गर्दछन् । रासस

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया