भिभोले घटायो भी२१इ स्मार्टफोनको मूल्य

काठमाडौंँ- स्मार्टफोन ब्रान्ड, भिभोले आफ्नो सर्वाधिक रुचाइएको स्मार्टफोन मध्ये एक भी २१ इ को मूल्य घटाएको छ । कम्पनीले भी २१ इ को मूल्य २ हजार रुपैयाँले घटाएको हो ।
मूल्य घटेपछि बजारमा यो फोन अब ३७ हजार ९ सय ९९ मा उपलब्ध हुनेछ । यो नयाँ मूल्य देशभरका सबै रिटेल स्टोर र इकमर्समा लागू हुनेछ । भिभो नेपालका सीईओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनलाई समृद्ध बनाउन सधैं उत्साहित छौं र यो मूल्य घटेको घोषणासँगै नेपाली ग्राहकहरूका लागि हाम्रो प्रतिबद्धता पूरा गर्ने आशा गर्छौं । भी २१ इ एक सुविधायुक्त स्मार्टफोन हो जसले प्रयोगकर्ताहरूलाई उनीहरूका सबै विशेष क्षणहरू खिच्न उत्कृष्ट फ्रन्ट क्यामेरा प्रदान गर्दछ । भिभोमा, हामी हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट प्रविधिहरू प्रदान गर्न निरन्तर तत्पर छौं ।”
भी २१ इ मा ४४ एमपी आइ अटोफोकस फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा एआइ नाइट पोट्रेट समावेश भएकाले उत्कृष्ट फोटो र भिडियोहरू लिन सकिन्छ । यसको उत्कृष्ट–इन–क्लास फ्रन्ट क्यामेरा हार्डवेयर, अत्याधुनिक सफ्टवेयर र अटोफोकस सुविधाहरूको कारण स्पष्ट तस्वीरहरू, राम्रो नाइट सटहरू, र फोर के गुणस्तरमा अल्ट्रा–स्टेबल भिडियोहरू लिन सकिन्छ । शक्तिशाली ४४ एमपी आई अटोफोकस फ्रन्ट क्यामेराको एफ-२.० एपर्चरको साथे प्रकाश सीमित भएको वातावरणमा पनि राम्रो परिणाम दिने कम्पनीले जनाएको छ ।
एआइ नाइट पोट्र्रेटको साथमा, मल्टी–फ्रेम नोइज रिडक्सन एल्गोरिथ्म र एआई हाई–डेफिनिशन टेक्नोलोजी संयोजन गरिएको छ जसकारण प्रयोगकर्ताहरूलाई उत्कृष्ट नाइट फोटो खिच्न सजिलो हुन्छ । डुअल–भ्यू भिडियो, स्लो–मो सेल्फी भिडियो, फोर के सेल्फी भिडियो, र स्टेडिफेस सेल्फी भिडियो जस्ता उच्च–स्तरीय विशेषताहरूले प्रयोगकर्ताहरूलाई चाहेजस्तो परिणाम दिन्छ । एकै समयमा, प्रभावशाली ६४एमपी नाइट क्यामेराले क्रमशः म्याक्रो फोटोग्राफी, वाइड–एंगल र थप जटिल शटहरू सहित उत्कृष्ट इमेज क्वालिटी प्रदान गर्दछ ।
फोनको फ्रन्टमा सहज भिजुअल इफेक्ट, कम मोसन ब्लर, र समग्रमा उत्कृष्ट दृश्य अनुभवको लागि एचडीआर १० सँग भाइब्रन्ट इ३ एमोलेड डिस्प्ले छ । यसको अल्ट्रा–स्लिम बडी ७.३८ एमएम पातलो छ र तौल केवल १७१ ग्राम रहेको छ । यो दुई आकर्षक रंग – रोमन ब्ल्याक र डायमंड फ्लेयर रंगमा उपलब्ध छ । भी २१ इ मा क्वालकम स्न्यापड्रेगन ७२०जी प्रोसेसर छ जुन ८ जीवी र्याम र १२८ जीबी रोममा, ३ जीबी एन्सटेन्डेबल र्यामको साथ आउँछ । यो इमर्सिभ गेमिङ अनुभवको लागि अल्ट्रा गेम मोडको साथ आउँछ । ३३ वाट फ्ल्यास–चार्ज सुविधाको साथ प्रयोगकर्ताहरूले निर्धक्क भएर आफ्नो कार्यहरु गर्न, फोटोहरु खिच्न, गेम खेल्न सक्छन् । २ हजारले मूल्य घटेसँगै भी २१ इ देशभरको रिटेल स्टोर र इकमर्समा उपलब्ध छ ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

प्रतिक्रिया