बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न विभागको सिफारिस

काठमाडौँ - कुलेश्वर काठमाडौँमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीलाई समस्याग्रस्त सहकारी घोषणाका लागि सहकारी विभागले सिफारिस गरेको छ।विभागले गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न  भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय समक्ष सिफारिस गरेको हो ।

सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति तथा दायित्व छानबिन गरी बचत कर्ताको रकम फिर्ता गर्ने अधिकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई रहेको छ । विभागका प्रवक्ता टोलराज उपाध्यायले हालसम्म सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताहरूले उजुरी दिएको जानकारी दिए। उक्त उजुरीमा​ १ अर्ब ७५ करोडको माग दाबी रहेको र उजुरीको क्रम अझै जारी रहेको हुँदा सो संख्या बढ्न सक्ने उपाध्यायको भनाइ छ ।