घट्न थाल्याे काेसीकाे बहाव, विस्थापितहरु आफन्तकाे आश्रयमा

विराटनगर । सप्तकोसीले अस्थायी तटबन्ध भत्काएर गाउँ पसेपछि डुबानको जोखिमबाट बच्न गाउँ छाडेका अधिकांश विस्थापित परिवारहरु आफ्नै हिसाबले बसेका छन् । विस्थापितहरु धेरैले आफैंले बासको व्यवस्थापन गरेका छन्, केही आफन्त र चिनजान भएकाहरुमा आश्रय लिएर बसेका हुन् ।
करिब डेढ सय परिवारलाई मात्रै बेलका नगरपालिकाले बस्ने व्यवस्था मिलाएको जनाएको छ । बुधबार विहान ४ बजे सप्तकोसी नदीको बहाव बेलका नगरपालिका–८ डुम्रिबोटेबाट पश्चिमतर्फ लागेको थियो । वडा नम्बर ८ बाट वडा नंं ३, ९, २ र १ सम्मै अहिले कोसीको पानी पुगेको छ । सवैभन्दा तल्लो तटीय क्षेत्रमा डुबान भएको स्थानीय बताएका छन् ।
आश्रयविहीन विस्थापित परिवारलाई वडा नम्बर ८ को आधारभूत विद्यालय चक्रपुर, वडा नम्बर ३ को आधारभूत विद्यालय सातपत्रे र कोसी जनता माविको भवनमा राखिएको बेलका नगरपालिकाकी उपमेयर जिरा राईले जानकारी दिइन् । उनले धेरैजसो परिवारहरु आफैं बासको व्यवस्थापन गरेर बसेको उनले बताइन् । बिहीबार बिहान सप्तकोसीले तटबन्ध भत्काएर बस्ती पसेको ठाउँको स्थलगत अनुगमन गर्दा पानी केही घटेको र बर्षात नरोकिएकोले जोखिम कायमै रहेको उपमेयर राईले बताइन् ।
‘अहिलेसम्मको अवस्था हेर्दा पानी केही घटेको छ, तर यस्तै पानी परे फेरि बढ्छ’ उनले भनिन्, ‘ प्रभावित क्षेत्रबाट आएका करिब अढाई सय परिवारलाई गरेर चार ठाउँमा राखेका छौं, धेरै त आफ्नै चिनजान र आफन्तकोमा गएर बस्नु भएको छ ।’ उनले केही विस्थापितहरु भने एउटा खाली रहेको गाइफार्ममा समेत बसिरहेको बताइन् ।
विस्थापित भएका मध्ये परिवारका महिला र बालबालिका रहेका छन् । पुरुषहरु भने पशुचौपायासहित घरैमा बसिरहेको जनाइएको छ । सप्तकोसी नदीमा पानीको सतह नघटेको खण्डमा हालको डुबानले दुई हजार ५०० परिवार विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको थियो । जसमध्ये प्रभावित क्षेत्रका करिब एक हजार ५ सय परिवारका सदस्यहरुलाई उद्दार गरिएको स्थानीय प्रशासनको दाबी छ ।
केही भने पानी घटेको भन्दै बिहीबार बिहान सरसामान आफन्तकोमा राखेर घरतर्फ फर्किएका छन् । उद्दारमा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्दार कार्य जारी राखेको जनाइएको छ । विस्थापित परिवारलाई खान नपाएरै मर्ने अवस्था आउन नदिने बुधबारको स्थलगत भ्रमणका क्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका थिए ।
प्रभावित क्षेत्रका लागि पहिलो चरणमा ८ हजार किलो चामलसहित तेल, दाल र नुन राहत स्वरुप पठाइएको मन्त्री कार्कीले दाबी गरेका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले कोसीमा पानीको बहाव केही घटेको जानकारी दिएका छन् । उनले पानी घटेका कारण उद्दार र राहत वितरण समेत सहज बन्न सक्ने बताए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया