झापामा कृषकलाई चार करोड अनुदान
बनियानी- कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७८-७९ मा जिल्लाका कृषकलाई रु चार करोड अनुदान उपलब्ध गराएको छ ।
जिल्लाका विभिन्न एक सय ३३ कृषि फार्म, कृषि सहकारी र कृषकलाई रु चार करोड दुई लाख नौ हजार अनुदान रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए ।
प्रदेश सरकारमार्फत रु दुई करोड १३ लाख ९१ हजार आठ सय १०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रु एक करोड ६७ लाख ६९ हजार आठ सय ६० र सङ्घको सशर्ततर्फको रु २० लाख ४७ हजार तीन सय ३० जिल्लाका ती कृषि फार्म, कृषि सहकारी र कृषकलाई उपलब्ध गराइएको हो ।
कृषि ज्ञान केन्द्रले जिल्लामा सञ्चालन गरेको विभिन्न कार्यक्रमबाट तीन हजार तीन सय ९० कृषक परिवार लाभान्वित भएका छन् । प्रदेश सरकारमार्फत आएको कार्यक्रमबाट पाँच सय ६७ महिला र पाँच सय १३ पुरुष गरी एक हजार ८०, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आएको कार्यक्रमबाट एक सय ७८ महिला र एक सय ९७ पुरुष गरी तीन सय ७५, सङ्घ सशर्तबाट ५३ महिला र ५४ पुरुष गरी एक सय २७ तथा माटो तथा मल परीक्षण प्रयोगशालामार्फत एक हजार आठ सय आठ कृषक परिवार लाभान्वित भएका हुन् । लाभान्वित हुनेमा दलित एक सय १३ परिवार, जनजाति तीनसय ५५ र विपिन्न तीन सय ३८ परिवार रहेको कार्यालयले जनाएको छ ।

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया