गुर्भाकोट नगरपालिकालाई अक्सिजन प्लान्ट

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकालाई अक्सिजन प्लान्ट प्रदान गरिएको छ । नगरपालिकाको वडा नम्बर ८ मा रहेको मेहेलकुना अस्पतालको लागि उक्त अक्सिजन प्लान्ट नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
युएनडिपीको आर्थिक सहयोगमा मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । युएनडिपीले अक्सिजन प्लान्टको जडान तथा परिक्षण गरि आज गुर्भाकोट नगरपालिकालाई हस्तान्तरण गरेको छ । मेहेलकुना अस्पतालमा अक्सिजन प्लान्टको जडान कार्यको साथै परीक्षण समेत गरिएको छ ।
उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएपश्चात पूर्वी सुर्खेतसहित सल्यान, जाजरकोट, रुकुमलगायतका जिल्लाका बिरामी हरुले सहजै सेवा पाउने नगरपालिकाका उपप्रमुख मैना बिकले बताइन् । उनले पहिलो चरणको काम सम्पन्न भएकाले नगरपालिकालाई हस्तान्तरण गरिएको बताइन् ।
अक्सिजन प्लान्टको पुरै काम सम्पन्न भएपछि अस्पताललाई हस्तान्तरण गरिने उनको भनाई थियो । कार्यक्रममा उपप्रमुख मैना बिक, मेहेलकुना अस्पतालका निमित्त मेडिकल.सुपरिटेन्डेन डाक्टर बिनोद कुमार यादब, युएनडिपीका कर्मचारीहरु, तथा गुर्भाकोट नगरपालिका वडा अध्यक्षहरुको उपस्थित रहेको थियो ।
्

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया