यही अधिवेशनमा निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढ्छः उपसभामुख भुसाल

काठमाडौँ - प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसाल गौतमले संसद्को यही अधिवेशनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअिभयोग अघि बढ्ने बताएकी छन् । प्रतिनिधि सभाको आगामी बैठकमा कार्यसूची राख्ने र संसद्मा छलफल गरी महाअभियोग समितिमा संसद्बाट प्राप्त सुझाव महाअभियोग समितिमा पठाउने उनले बताइन् ।
उपसभामुख भुसालले संसद्बाट प्राप्त सुझावका आधारमा निलम्बित प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग अघि बढाउन आवश्यक रहेको बताइन्। जबराविरुद्धको महाअभियोगका लागि समिति गठन भइसकेको भन्दै समितिले आफ्नो काम सुरु गर्नुपूर्व नै संसद्मा छलफल गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘संसद विघटनको कुनै सम्भावना छैन । संविधानले विघटनको परिकल्पना गरेको छैन,' उनले भनिन्, 'महाअभियोग प्रस्ताव दर्ता भयो, यसलाई संसद्बाटै छलफल गरेर सुझावसहित जानुपर्छ । महाअभियोग विशेष समिति पनि गठन भइसकेको अवस्था छ । समितिले आफ्नो काम सुरु गर्नुभन्दा अगाडि नै संसदभित्र छलफलको विषय बनाउनु पर्छ । अब छिटै यो विषयलाई संसद्मा छलफलको विषय बनाएर कार्यसूचीमा राखी अघि बढाउनुपर्छ । यही अधिवेशनमा कार्यसूचीमा आएर यो विषय अघि बढ्छ ।’
उपसभामुख गौतमले आगामी निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म संसद्को आयु रहने बताइन् । उनले संविधानले सभामुख र उपसभामुखको मात्रै म्यादको कुरा गरेकोले सभामुख र उपसभामुख संसदबाटै उत्पत्ति हुने भएकोले सोहीअनुसार नै संसद्को आयु रहने तर्क गरिन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया