माओवादी केन्द्रको संसदीय दलको नेतामा साह

जनकपुरधाम : एकीकृत माओवादी केन्द्रले प्रदेश २ को नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ । माओवादी केन्द्रको संसदीय दलको बसेको बैठकले साहलाई संसदीय दलको नेता सहित उपनेता, प्रमुख सचेतक, सचेतक चयन गरेको हो । यसअघि रामचन्द्र मण्डल संसदीय दलको नेता रहेको थियो उनी नेकपा एमालेमा गएपछि सो पदमा बसेर नयाँ संसदीय दलका नेता चयन गरिएको छ ।
उपनेतामा जगतप्रसाद यादव, प्रमुख सचेतकमा दिलिप साह, सचेतकमा रुवी कर्णलाई चयन गरिएको छ । पार्टीको प्रदेश २ मा ११ जना प्रदेश सभा सदस्य रहेका छन । जसमा चार जना नेकपा एमालेमा गएका छन ।
संसदीय दलको नेता चयन भएका साहले चार जना प्रदेश सभा सदस्यलाई स्ष्टीकरण सोध्ने निर्णय गरिएको बताए । प्रदेश सभा सदस्यहरु रामचन्द्र मण्डल,ज्वाला साह, मो.समिर ,कुन्दन कुशवाहालाई स्पष्टीकरण सोध्न लागिएको हो । उनीहरु पार्टीमा नफर्किएमा प्रदेश सभा सदस्य खारेज गर्ने बताइएको छ ।
सर्वोच्च अदालतको आदेशपछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले भएपछि चार जना नेताहरु माओवादी केन्द्रमा नफर्किएर एमालेतर्फ लागेपछि उनिहरुलाई स्पष्टीकरण सोधिएको हो ।
बैठकबाट संसदीय दलको विधान बनाउनको लागि विधान मस्यौदा समिति गठन गरेको छ । समितिको संयोजकमा भरत प्रसाद साह र सदस्यहरुमा जगत यादव, रामकुमार यादव छन् ।

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_078ceEEF0V_xhfaqlu7ajehmshbdgnjc2cl88gjmwcfovgk6qspmc3q29hi3flcezni2syz.jpg)
तस्बिरमा राजावादीहरूको मोटरसाइकल र्याली

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः …

प्रतिक्रिया