नबिल बैंकको वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न

काठमाडौँ– नबिल बैंकले कनकाई नगरपालिकामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । ग्राहकहरूमा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा दीगो बैंकिङका प्रमुख लिलाप्रसाद ओझाले विभिन्न आयामहरूको बारेमा प्रस्तुति दिनुका साथै कृषि कर्जा, महिला तथा युवा उद्यमशील कर्जाका बारेमा जानकारी दिएका थिए ।
दीगो बैंकिङलाई प्रवर्धन गर्न गरिएको यस कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले कृषिको विस्तार र विकासमा वित्तिय क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा सम्बोधन गर्दै उपमेयर आशा शिवाकोटीले रोजगारीका अवसर सृजना गर्न साथै उद्यमशिलता प्रबर्धन गर्न वित्तिय क्षेत्रको विशेष भुमिका रहने जानकारी गराए ।
विशेषतः स्थानीय क्षेत्रको कृषि प्रवर्द्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरतामा केन्द्रित रहेको कार्यक्रममा बोल्दै नबिल बैंकका मेची क्लस्टर प्रमुख सरोज श्रेष्ठले डिजिटल बैंकिङ आजको आवश्यकता भएको र क्यू-आर कोडले व्यवसायमा पुर्याउने योगदानका विषयमा प्रष्ट पारे । कनकाई नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा १५० जना युवा तथा महिला उद्यमीहरुको उत्साहपूर्ण सहभागिता थियो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_Z6sNPJusYE_fatgsu367nbbapq4zyppjbeaumy11p0p952dj63ojpy25xttgsjs7cllfobx.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया