सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

तेस्रोलिंगी भूमिका श्रेष्ठको नागरिकताको नाम र लिंग परिवर्तन

काठमाडौँ : तेस्रोलिंगी भूमिका श्रेष्ठको नागरिकताको नाम र लिंग परिवर्तन गर्न सरकारले काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई स्विकृति दिएको छ । चैत्र २३ मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । वि.स २०६२ सालमा उनले कैलाश श्रेष्ठको नाममा नागरिकता लिएकी थिइन् ।

सो नागरिकतामा उनको लिंग ‘अन्य’ भनेर राखिएको थियो । मन्त्रिपरिषद्को निर्णयसँगै उनको नागरिकताको नाम भूमिका श्रेष्ठ र लिंग महिला भएको छ । उनले नागरिकताको नाम र लिंग संशोधन गरी प्रतिलिपी पाऊँ भन्दै जील्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएकी थिइन् ।