ताइवानविरुद्ध नेपालले चीनलाई साथ दिने विश्वास

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनको स्वतन्त्र ताइवानविरुद्धको नीतिमा नेपालको समर्थन रहने विश्वास व्यक्त गरेकी छन् । बुधबार एक प्रेस वक्तव्य जारी गर्दै याङछीले नेपाल एक-चीन नीतिमा प्रतिवद्ध रहने विश्वास व्यक्त गरेकी हुन् ।
उनले चीन स्वतन्त्र ताइवानविरुद्ध रहेको र यसमा नेपालको पूर्ण समर्थन रहने बताएकी हुन् । यान्छीले नेपाल र चीनबीचको सम्बन्धको राजनीतिक आधार भनेको एक-चीन नीति रहेको उल्लेख गरेकी छन् ।
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी २४ लडाकु विमानसहित ताइवान पुगेपछि यान्छीको यस्तो धारणा आएको हो ।
‘हामी विश्वास छ कि नेपाल सरकार र नेपाली जनताले एक-चीन नीतिको पालना गरिरहनेछन् र चीनको वैध र न्यायसंगत अडानलाई बुझेर समर्थन गर्नुका साथै एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्,’ यान्छीले बताइन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया