कर्णालीमा तीन वर्षमा नौ सय २९ दुर्घटना

सुर्खेत । कर्णाली प्रदेशमा वर्षेनी सवारी दुर्घटनाहरु बढ्दै गएको पाइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णाली प्रदेशको तथ्यांकअनुसार तीन वर्षको अवधिमा ९ सय २९ वटा दुर्घटना भएका छन् । कार्यालयको तथ्यांक अनुसार २०७६/०७७ मा दुई सय ३६, २०७७÷०७८ मा २९१ र २०७८÷०७९ मा यो संख्या बढेर चार सय दुई पुगेको छ ।
यसरी बढी दुर्घटना हुने सवारी साधनमध्ये मोटरसाईकल अगाडि देखिएको छ । त्यसैगरी ट्रक, बस र जिप तथा अटो रहेको कार्यालयले जनाएको छ । सबैभन्दा बढी दुर्घटनाको कारण भने तीव्र गति तथा यान्त्रिक, ट्राफिक नियम उल्लंघन, सडकको अवस्था र लापरवाहीको कारणहरु देखिएको प्रदेश ट्राफिक कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । त्यसैगरी यहाँका साँघुरा सडकका कारण पनि दुर्घटनाको प्रमुख कारण बनेको पाइन्छ ।
यस अवधिमा सवारी दुर्घटनाका कारण कर्णालीका झण्डै चार सय कर्णालीवासीले ज्यान गुमाएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षको अवधिमा तीन सय ९२ जनाले ज्यान गुमाएका छन् । जसमा दुई सय ६८ जना पुरुष र ७७ जना महिला रहेका छन् भने २५ बालक र चार बालिकाले ज्यान गुमाएका छन्।
प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने तिवारीको भनाई छ । त्यसैगरी ट्राफिक सचेतनात्मक कार्यक्रमहरुलाई नियमित प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया