शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

पुल्चोकमा मःम व्यवसायी मृत फेला

फाइल तस्वीर

काठमाडौं– ललितपुरको पुल्चोकमा एक व्यक्ति मृत फेला परेका छन् । पुल्चोक क्षेत्रमा कुमार भनेर चिनिइने उनी डेरामा झुण्डिएको अवस्थामा भेटिएको हो ।

उनले पुल्चोकमा मःम पसल चलाइरहेका थिए । बिहान पसलमा नआएपछि उनको खोजी भएको थियो । स्थानीयवासी उनलाई खोज्दै डेरासम्म पुगेका थिए । तर उनले ढोका नखोलेपछि भर्‍याङ राखेर उनको कोठामा झ्यालबाट हेरेपछि झुण्डिएको अवस्थामा देखिएको हो ।

छिमेकीका अनुसार उनी दार्जिलिङका हुन् । उनी ३० वर्षदेखि काठमाडौं बस्दै आएका थिए । उनको मुचुल्का उठाइ पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।