अलमुताइरी भन्छन्- यू-२० टिमका खेलाडीहरू क्षमतावान छन्

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलदुल्लाह अलमुताइरीले नेपालको यू-२० टिममा रहेका खेलाडीहरू प्रतिभावान रहेको बताएका छन् ।
भारतमा जारी साफ यू-२० च्याम्पियनसीपको लिग चरणबाट बाहिरिएपछि सामाजिक सञ्जाल फेसबुकमा अलमुताइरीले युवा टिममा प्रतिभावान खेलाडी रहेको तथा उनीहरु आगामी दिनमा नेपाली फुटबलमा राम्रो गर्न सक्ने खेलेका छन् ।
उनले युवा खेलाडीहरूसँग चाडै काम गर्न उत्सुक रहेको समेत लेखेका छन् । अलमुताइरीले साफ यू-२० च्याम्पियनसीपबाट बाहिरिएको पीडालाई विर्सदै त्यहाँ गरिएको गल्तीबाट सिक्न तथा गल्ती सच्याउनतिर लाग्नुपर्ने बताए ।
उनले नेपाली सिनियर टिमको कुनै मैत्रीपूर्ण फुटबल खेल नभए आगामी महिना बहराइनमा हुने एएफसी यू-२० कप क्वालिफायर्स हेर्न जाने समेत लेखेका छन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया