बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

जनस्तरको सम्बन्ध जोड्दै श्रीलंकाली राजदूत

समानान्तर ग्रुपमा निर्माण क्षेत्रबारे कूटनीतिक छलफल

काठमाडौँ : नेपालका लागि श्रीलंकाका राजदूत हिमाली सुभासिनी अरुणातिलका जनस्तरको सहकार्य र सम्बन्ध जोड्न सक्रिय बनेकी छन् । नेपाल र श्रीलंकाका निजी क्षेत्रबीच सहकार्य गर्न आवश्यक रहेको उनले बताएकी हुन् ।

राजदूत अरुणातिलकाले नेपालको निजी क्षेत्रका कम्पनी भ्रमण गर्दै सहकार्यका लागि पहल थालेकी छन् । विशेष गरी नेपालमा पूर्वाधार निर्माण, हाइड्रोपावर, पर्यटन लगायतमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने सोचअनरूप श्रीलंकाले निर्माण क्षेत्रमा अन्तरक्रिया बढाएको छ ।

राजनीतिक भेटघाटको अलवा निर्माण व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स लगायतमा यसअघि भेटघाट गरिरहेकी उनी यसपटक निजी क्षेत्रमा उदाउँदै गरेको नेपाली निर्माण कम्पनी समानान्तर निर्माण सेवाको मुख्यालय पुरानो बानेश्वर पुगेकी हुन् । उनले त्यहाँ छलफल र भेटघाट गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताइन् ।

निर्माण क्षेत्रमा प्रवेश गरेको दुई दशक पनि नहुँदै यस क्षेत्रमा स्थापित भएको समानान्तरलाई राजदूत अरुणातिलले शुभकामना दिँदै दुई मुलुकका निजी क्षेत्र जोड्न आफूले भूमिका निर्वाह गर्नेसमेत बताइन् । श्रीलंकामा भएको विकास निर्माणको विषयमा आफ्ना धारणा राख्दै नेपाल र श्रीलंकाबीच सहकार्य हुनुपर्नेमा उनले जोड दिइन् । 

करिअर कूटनीतिज्ञ रहेकी हिमाली नेपालमा राजदूत भएर आउनुअघि अफ्रिकी महादेश हेर्ने डेस्क प्रमुख थिइन् । श्रीलंकाली विदेश मन्त्रालय अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सुरक्षा र प्रतिआतंकवाद विभागका महानिर्देशकसमेत रहिसकेकी उनले युरोपेली मुलुक र ओसिनियन मुलुकमा श्रीलंकाली कूटनीतिज्ञका रुपमा काम गरिसकेकी छन् । अमेरिकामा उच्च शिक्षा लिएकी उनले नेपाल र श्रीलंकाबीच जनस्तरको सहकार्यमा जोड दिने भन्दै निजी क्षेत्रमा कम्पनीहरूसँग छलफल र भेटघाट अघि बढाएकी हुन् । 

समानान्तर निर्माण सेवाका अध्यक्ष एवं युवा उद्यमी अच्युतप्रसाद खरेलले अन्तर्राष्ट्रिय निर्माण कम्पनीसँग सहकार्य गर्ने र आफ्नो निर्माण सञ्‍जाल विस्तार गर्ने योजना रहेको बताए । नेपाल राजनीतिक स्थायित्वसँगै विकास प्रक्रियामा अघि बढेको हुनाले निर्माणको क्षेत्रमा अधिक काम गर्नुपर्ने भएकाले सहकार्य अपरिहार्य रहेको खरेलले बताए । समानान्तर ग्रुपको निम्तालाई स्वीकार गरी यसको मुख्यालय समानान्तर टावरमा भ्रमण गरेकोमा राजदूतलाई धन्यवाद दिँदै जनस्तरको सहकार्यमा जोड दिन आफू तयार रहेको बताएका थिए । 

कम्पनीका प्रवन्ध निर्देशक निरोज थपलिया, कार्यकारी निर्देशक केशवप्रसाद खरेल, अन्तर्राष्ट्रिय व्यापार निर्देशक हरिस अग्रवाल, वित्तिय प्रमुख हरि अधिकारी, प्रोक्युरमेन्ट प्रमुख मोनिका सिंह लगायतले राजदूतसँग कम्पनीको गतिविधिबारे छलफल गरेका थिए । छलफल अघि उनलाई  समानान्तर ग्रुपको मुख्यालय पुरानो बानेश्वरमा स्वागत गरिएको थियो । समानान्तरले यसप्रकारको सहकार्य र कूटनीतिक छलफललाई निरन्तरता दिनेसमेत जनाएको छ ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता