परीक्षा बोर्डले भन्योः कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्नू

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थी भर्नाको समय साउन मसान्तसम्म राख्न विद्यालय र कलेजलाई निर्देशन दिएको छ । बोर्डले छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाएको छ ।
बोर्डले सूचना जारी गर्दै एसईईको नतिजा साउन-११ मा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरूले फरक-फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएकामा असन्तुष्टि जनाएको हो ।
स्थानीय तहहरूलाई आफ्नो पालिका अन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गराउन पनि बोर्डले अनुरोध गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया