गौतमश्रीका अध्यक्षले भने - वचतकर्ताको रकम खाएर भागेको छैन

काठमाडौँ - काठमाडौँ महानगरपालिका १४ कुलेश्वरमा रहेको गौतम श्री बहुउद्देश्यीय सहकारीका अध्यक्ष राम बहादुर गौतमले सहकारीका बारे विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु र त्यसबाट पर्न गएको भ्रम तथा उत्पन्न परिस्थितिका बारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले आफू बाहिर (जापान) गएको समयमा आफ्नो मोबाइल नम्बर नलागेकोकाले केही व्यक्तिहरूले त्यसैलाई आधार मानेर सञ्चालक बचतकर्ता र शेयर सदस्यहरूको रकम खाएर भागेको भन्ने समाचारहरू आएकोमा त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले वचतकर्ताको रकम खाएर नभाग्ने र नभागेको स्पष्ट पार्दै नेपाल आएर सहकारीको समस्या समाधानमा लागिसकेको जानकारी गराएका छन् । दुई वर्षसम्म भएको कोभिड महामारीका कारण संस्थामा केही समस्या आएपनि संस्था नियमित सञ्चालनमा रहेको र बजतकर्ताको रकम फिर्ताका लागि तयार रहेको उनले बताए ।
केही दिनअघि विभिन्न सञ्चारमाध्यममा सहकारीका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएको भन्ने समाचार आएको थियो ।
प्रेस विज्ञप्ति
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १४ कुलेश्वरमा रहेको र सहकारी विभागमा दर्ता कायम भई नियमित सञ्चालनमा रहेकी गौतम श्री बहुउद्देशीय सहकारी संस्था लिमिटेडका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरु र त्यसबाट पर्न गएको भ्रम तथा उत्पन्न परिस्थितिका बारमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यसका कारण सहकारीका सम्पूर्ण शेयर सदस्य, बचतकर्ता महानुभावहरु र अन्य सरोकारवाला पक्षहरुमा पर्न गएको भ्रम र असुविधाको लागी म क्षमाप्रार्थी छु । यस विषयमा यथार्थ सार्वजनीक गर्न तथा थप स्पष्ट पार्नको लागि यो विज्ञप्ति जारी गरिएको छ ।
१. सर्वप्रथम म सहकारी संस्थाकी अध्यक्ष राम बहादुर गौतम अन्य कम्पनीको काम विशेषले नेपाल बाहिर गएको र मेरा मोबाइल सम्पर्क नभएको अवस्थामा त्यसैलाई आधार बनाई म सहकारीको वचतकतांको रकम खाएर भागेको भन्ने समाचार सार्वजनीक गरिएकोमा म वचतकर्ताको रकम खाएर नभाग्ने र नमागेको स्पष्ट पार्न चाहन्छु । म नेपाल आएर सहकारीको समस्या समाधानमा लागिसकेको जानकारी गराउदछ ।
२. सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी काभीड महामारीको कारणले नेपालमा करिव २ वर्ष जारी रहेको लकड़ाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा अमली हुन नसकेको भएतापनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको संस्था नियमित सञ्चालनमै रहेको थियो । तर अप्रत्याशीत रुपमा केही संचामाध्यममा सहकारी समस्यामा रहेको भन्ने भ्रमात्मक समाचार सार्वजनीक भएपछि बचतकर्ताहरुमा त्रास पैदा हुनु स्वभाविक नै हो । संस्थासँग सम्बन्धीत केही कुत्सीत मानसिकता भएका व्यक्तिले फैलाएको सो भ्रमपश्चात सहकारीमा बचतकर्ताहरुको भिड लगाउने र विभागमा तथा प्रहरी प्रशासनमा समेत उजुरी गरी मेरो व्यक्तिगत र पारिवारीक सदस्यहरुलाई भौतिक आक्रमण गर्ने, अपहरण गर्ने, कर्मचारीहरुलाई समेत आक्रमण गर्ने लगायतका धम्की आइरहेको सन्दर्भमा सुरक्षाको प्रत्याभूति हुने वित्तिकै कार्यालय नियमित सञ्चालन गर्ने र बचतकर्ताहरुको रकम नियमित रूपमा फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया