भुवन केसी : फिल्म घोषणा गर्ने थन्क्याउने, अनमोल केसी : साइन गर्ने, छाड्ने

काठमाडौं : निर्माताको रुपमा भुवन केसी र कलाकारको रुपमा अनमोल केसी उद्योगका एक नम्बर नाम हुन् । भुवन केसी व्यवसायिक फिल्म बनाउन सबैभन्दा अगाडि छन् । कलाकारको रुपमा अनमोल केसी बाबु बराबर नै हुन् । तर, दुवैमा एउटै समस्या छ, हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने ।
दुवैजना आफ्नो निर्णयमा लामो समय टिक्न सक्दैनन् । सबैभन्दा पहिलो भुवन केसीको कुरा गरौं । भुवन केसीले ‘क्याप्टेन’पछि बनाउने भनेर घोषणा गरेको फिल्म थियो, ‘एन्टि हिरो’ । क्रिएटिभ टिम नै भारतबाट आउने घोषणा गरेका भुवनले यसका लागि हिरोइनमा जसिता गुरुङलाई साइन नै गरेका थिए ।
तर, यो फिल्म चटक्कै छाडेर भुवन केसी ‘पारस’ बनाउन लागे । भुवन केसीले ‘पारस’ बनाउने तयारी सुरु गरेको दुई वर्ष पुग्न लागेको थियो । यसका लागि पनि हिरोइन फाइनल छिन् तर अन्तिम समयमा आएर भुवन केसी ‘पारस’ हैन ‘माइतीघर २’ बनाउने मुडमा छन् ।
‘पारस’ झैं यो फिल्म पनि अनमोललाई खेल्नका लागि मात्र अफर गरिएको थियो तर भुवन केसीलाई यसको कथा मनपरेपछि उनले आफैंले बनाउने गरी यसलाई दर्ता गरे । थाहा छैन भोलि यो फिल्म सुटिङमा जान्छ कि यही बीचमा भुवन केसीले अर्को फिल्म बनाउने घोषणा गर्छन् ।
अहिले मात्र होइन ‘ड्रिम्स’ बनाउनु अघि पनि भुवन केसीले कहिले ‘ड्रिमगर्ल’ कहिले ‘तिमी नभए’ बनाउने घोषणा गरेका थिए । उसबेला बल्लतल्ल ‘ड्रिम्स’ बनेको थियो । अहिले पनि घोषणा गर्ने र थन्क्याउने बानी गएको छैन ।
यता अनमोल पनि पिता भुवन केसी झैं आफ्नो निर्णयमा टिक्न नसक्ने इतिहास बनाइरहेका छन् । फिल्म साइन गर्छन् तर केही समय पछि नै छाडछन् ।
यो पनि ‘ड्रिम्स’ बन्नु अघिको कुरा हो । अनमोलले ‘जेरी’ रिलिज अगावै हेमराज बिसीको ‘ग्याङस्टर ब्लुज’ साइन गरेका थिए । यसका लागि एडभान्स पनि लिइसकेका थिए तर उनले ‘ड्रिम्स’ छानेर ‘ग्याङस्टर ब्लुज’ छाडे ।
मिलन चाम्सको ‘ब्याचलर बन्टी’ छाडेको त राम्र्रै हल्लाखल्ला भयो । यो फिल्मका लागि पनि उनले लिएको एडभान्स रकम फिर्ता गरेका थिए । अनमोलले साइन गरेर पनि अन्तिम समयमा छाडेको फिल्ममा ‘धुपौरे’ निकै चर्चित रह्यो । चर्चित यसकारण कि यो मुद्दा प्रहरीसम्म पनि पुग्यो ।
अनमोलले धेरथोर हर्जाना तिरेर बल्ल बल्ल यो केस सेटल गरे । भुवन केसी फिल्म घोषणा गर्ने अनि नबनाउने, उता अनमोल फिल्म साइन गर्ने अनि छाड्ने । अरुलाई बाटो देखाउने पर्ने भुवन केसी र अनमोल केसी आफैं अनप्रोफेसनल भएपछि अरुले के सिक्ने ?

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया