थारु समुदायले धुमधामसँग मनाए गुरही पर्व

कैलाली- थारु समुदायले मंगलबार गुरही पर्व धुमधामसँग मनाएका छन् । धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोड स्थित गुरही चौकमा भव्यतापूर्वक थारु समुदायले गुरही पर्व मनाइएका हुन् ।
गुरही पुर्खौंदेखि मनाइँदै आएको सखी सञ्जाल कैलालीका पूर्व अध्यक्ष इन्दु चौधरीले बताइन् । ‘यो हाम्रो मौलिक पर्व हो,’ उनले भनिन्,‘गाउँको पश्चिमतिर रहेको चौक वा चउरमा गुरही फालेर पर्व मनाउनु पर्छ भन्ने मान्यता रहीआएको छ ।’
खास गरेर पश्चिमका थारु समुदायले यो पर्वलाई उल्लासपूर्वक मनाउने गरेका छन् । यस समुदायका जानकार व्यक्तिहरुका अनुसार गुरही मुलतः बालबालिका र कृषिसँग जोडिएको पर्व हो । यो पर्व मनाएमा बालबालिकालाई रोगव्याधी नलाग्ने जनविश्वास रहेको छ । यसैगरी, कृषि बालीमा कीराको प्रकोप नहुने जनविश्वास रही आएको छ ।

प्रहरीका पाँच युनिटलाई विपद् उद्धार सामग्री हस्तान्तरण

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_hr41hynsjG_2y9corcnu9br6ffmvtnxawkiq0hexjeeceacirdgknctrndqvreqnzr9myj8.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

प्रतिक्रिया