बिस्काः जात्रा व्यवस्थित र शान्तिपूर्ण बनाउन नगरपालिकाको सद्भाव सभा

भक्तपुर : ङातापोल(पाँचतले) मन्दिरको आँगनमा स्थानीयलाई राखेर भक्तपुर नगरपालिकाले बिस्काः जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आग्रह गरेको छ । नगरपालिकाको आयोजनामा शुक्रबार दिउँसो भक्तपुरको त:मारी(टौमढी)मा प्रसिद्ध बिस्का जात्रा सम्बन्धि सद्भाव सभा भएको थियो । बिहीबार सूचना जारी गर्दै स्थानीयलाई सहभागिताका लागि नगरपालिकाले अनुरोध गरेको थियो ।
तस्बिर साैजन्य : भक्तपुर नगरपालिका
नगरप्रमुख सुनील प्रजापतिले बिस्काः जात्राको बारेमा केही दिनदेखि अन्यौल भएको र सोही अलमलको कारण सद्भाव सभा गर्नुपर्ने अवस्था आएको बताए । गतवर्ष कोभिड १९ को महामारी आएपछि जात्रापर्व नगर्न आग्रह गरेपछि सात आठ महिना नगरबासीले त्यसलाई स्विकार गरी औपचारिक रुपमा मात्रै पुजा गरेकोमा धन्यवाद दिँदै प्रमुख प्रजापतिले भने, ‘केही समय अगाडिदेखि खुकुलो थियो । हामी पनि अवस्था सामान्य भएकाले ढुक्क भएका थियौँ । तर, दोस्रो लहरको कोरोना आयो । भारतको रेकर्ड हेरेर चिन्ता बढ्यो ।’
जात्रा पनि नजिकिएपछि चैत १७ गते बैठक बोलाएर नगरपालिकाले नगरस्तरीय प्रकोप व्यवस्थापन समिति बनायो । तर २२ गते जिल्लाप्रशासनबाट एउटा निर्णय आयो । जसको व्यापक जनविरोध भएपछि नगरपालिकाले फेरी २३ गते बैठक बोलायो । स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर टोलटोलको जात्रा गर्ने निर्णय गरेको प्रजापतिले बताए । उनले भने, ‘तर त्यसको जनताले व्यापक विरोध गर्नुभयो । आफ्नो संस्कृतिप्रति जनताको भावना हामीलाई राम्रो लाग्यो । त्यसपछि २५ गते सिडियोसँग सल्लाह गरेर जनप्रतिनिधी बसेर जनताको आक्रोसबारे जात्रा गर्न सिडिओसँग सल्लाह भयो ।’ अस्ती साढे ११ बजे भैरवनाथको रथ तान्न र ल्योसिं उठाउन सैद्धान्तिक रुपमा निर्णय गरेका निर्णय गरेको थियो ।
त्यस्तै जात्रा पुजाहरू पाँच बजेभन्दा अगाडि पुजा सकिने गरी गर्न र ढिला नगर्न प्रजापतिले स्थानीयलाई आग्रह गरे । उनले भने, ‘सांस्कृतिक रुपमा गर्व गर्ने ठाउँमा बसेको हाम्रो ढिला गर्ने, जात्रामा ढुंगा हान्ने भनेर बदनाम हुने गरेको छ । केही उश्रृङ्खलहरूको कारण हाम्रो बदनाम भइरहेको छ । त्यसैले हामी अनुशासित भएर सरल रुपमा हामीले जात्रा गर्न सक्यो भने हाम्रो ठाउँको लागि राम्रो हुन्छ ।’
तस्बिर साैजन्य : भक्तपुर नगरपालिका
उपप्रमुख रजनी जोशीकाअनुसार मोहनी (दशैं) पछि भक्तपुरको ठूलो जात्रा बिस्काः जात्रा नै हो । यो जात्रा सौहार्द र सुरक्षित रुपमा मनाउन सौहार्द रुपमा मनाउन सद्भाव सभा आयोजना गरिएको उनले सुनाइन् । मल्लकालमा दुई दिनदेखि मनाउन सुरु गर्ने जात्रा अहिले ९ दिनसम्म मनाउन थालिएको उल्लेख गर्दै उनले भनिन्, ‘हाम्रो समाजमा भएका हरेक वर्गका सामेल भएर मनाइने जात्रा हो यो । यसले राजा र जनताको सुमधुर सम्बन्ध कायम गर्ने काम गर्थ्यो । यो जात्रा राम्रोसँग सम्पन्न भए बाली राम्रो हुने, रोगव्याधि नलाग्ने, समृद्धि हुने विश्वास छ । कोभिडको दोस्रो लहर आइरहेकोले स्वास्थ्य मापदण्ड मानेर जात्रा चलाउन नगरबासीलाई आग्रह गर्छु ।’

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_mSNeJLyoLx_nngu0pn5jrj8t52rdpnsjxyqbhxmfhritdiqfugdxgtkm0ruvei1dkaftmfw.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9yKWOZRkKB_qdyeicsrztpwy1fkcqfzwzmurj6s74phfnidtxc0t9evzhkgu9hwknnyah7n.jpg)
प्रतिक्रिया