मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

रेल सेवा सम्झौता संशोधन गर्ने मस्यौदा स्वीकृत, यस्ता छन् मन्‍त्रिपरिषद्‍का निर्णयहरू

काठमाडौँ : मन्‍त्रिपरिषद्‍ले नेपाल भारत रेल सेवा सम्झौता, २००४ संशोधन गर्नका लागि तयार पारिएको लेटर अफ एक्सचेञ्‍जको मस्यौदा स्वीकृत गरेको छ । यसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्‍त्रालयका सचिवलाई अख्तियारी दिइएको छ । चैत २० र २३ गते बसेको मन्‍त्रिपरिषद्‍ले १४ निर्णयहरू गरेका छन् ।

यस्ता छन् निर्णयका व्यहोराहरू :

 

  1.  

मन्त्रालय

निर्णयको संक्षिप्‍त व्यहोरा

  1.  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

नेपाल भारत रेल सेवा सम्झौता (Rail Service Agreement), २००४ मा संशोधन गर्ने गरी तयार गरिएको Letter of Exchange को मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने।

  1.  

गृह मन्त्रालय

 Murtaza Jahfary समेतका २७ जना विदेशी नागरिकहरूले बुझाउनु पर्ने भिसा दस्तुर एवं बिलम्ब शुल्क वापत अमेरिकी डलर ४,७२,३६० र जरिवाना वापत रु.१३,५०,००० मिनाहा दिई तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने।

  1.  

वन तथा वातावरण मन्त्रालय

राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा फलेबास न.पा.-१, कार्कीनेटा, पर्वतका डा. किरण पौडेल र सदस्यहरूमा भिमेश्वर न.पा.-१, दोलखाका श्री कमला ओली सिवाकोटी, कोल्हवा वगैया-६, महोत्तरीका श्री शशिकुमार शर्मा, का.म.न.पा.-३२, काठमाडौंका श्री सुस्मिता ढकाल र बाणगंगा-२, कपिलबस्तुका श्री भेषराज आचार्यलाई नियुक्त गर्ने।

  1.  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

विदेशमा बस्ने नेपाली समुदायले वा ती समुदायका लागि काम गरिरहेका संस्थाले वा नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न चाहनेले सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भई आएमा त्यस्ता विद्यालयलाई नेपाली पाठ्यक्रमअनुसार  पठनपाठन सञ्चालन गर्न सर्त तोकी अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने ।

  1.  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिम तर्फको गाङ्खेलको साठी रोपनी जग्गामा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिमसहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि त्रिभुवन विश्वविद्यालयलाई पुन:प्रयोग गर्न स्वीकृति दिने।

  1.  

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

डोल्पा जिल्ला छार्का ताङसोङ गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं.३ ढाँडगाउँबाट हेरफेर गरी वडा नं.४ को कागकोटमा कायम गर्न स्वीकृति दिने।

  1.  

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

बाँके जिल्ला खजुरा गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं.४ बागेश्‍वरीबाट हेरफेर गरी वडा नं.३ को बागमतीनगरमा कायम गर्न स्वीकृति दिने।

  1.  

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय

विज्ञापन बोर्डको अध्यक्ष पदमा पनौती नगरपालिका-2, काभ्रेपलाञ्चोक निवासी श्री लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने।

  1.  

मन्त्रालय

निर्णयको संक्षिप्त व्यहोरा

  1.  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय

सिन्धुपाल्चोक जिल्लास्थित पाङ्गताङ्ग सवस्टेशन देखि बाह्रविसे सवस्टेशन सम्म करिब २० कि.मी. डबल सर्किट बलेफी-बाह्रविसे १३२ के.भी. प्रशारण लाइनको टावरहरु निर्माण गर्न जुगल गाउँपालिका र बाह्रविसे नगरपालिकामा पर्ने १.27 हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने।

  1.  

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, काठमाडौबाट कैलाश श्रेष्ठको नाममा मिति 2062/06/09 मा जारी भएको 23074-54638 नं. को नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लेखित विवरणमा नाममा भूमिका श्रेष्ठ र लिङ्गमा अन्यबाट महिला कायम गरी नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी गर्न स्वीकृति प्रदान गर्ने।

  1.  

गृह मन्त्रालय

शान्तिपूर्ण आन्दोलनको क्रममा शहादत प्राप्त गरेका झापा जिल्ला कन्काई नगरपालिका वडा नं.३ का स्व. डिल्ली गौतम र झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं.6 का स्व. लक्ष्मी पाण्डेलाई शहीद घोषणा गर्ने।

  1.  

रक्षा मन्त्रालय

नेपाली सेनाका लेखा प्रमुख सेनानी विनोद थापालाई लेखा महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने।

  1.  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

नेपाल र ओमान सरकाबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान सम्बन्धी समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्न स्वीकृति दिने।

  1.  

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका, रामेछापको नाम हेरफेर गरी दोरम्बा शैंलुङ गाउँपालिका, रामेछाप कायम गर्न स्वीकृति प्रदान गर्ने ।