महिला साफः प्रशिक्षणबाट २३ खेलाडी बाहिरिए

काठमाडौँ – साफ महिला च्याम्पियनसीपको प्रशिक्षणमा रहेका २३ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सेप्टेम्बर ६ देखि १९ तारिखसम्म दशरथ रंगशालामा च्याम्पियनसीप आयोजना गर्दैछ ।
त्यसैका लागि मुख्य प्रशिक्षक कुमार थापाले पहिलो चरणको प्रशिक्षणमा ५८ जना खेलाडीलाई बोलाएका थिए । तर दोस्रो चरणको प्रशिक्षणमा थापाले ३५ खेलाडीलाई राखेका छन् भने २३ खेलाडी बाहिरिएका छन् ।
च्याम्पियनसीप अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ र यस समूहमा श्रीलंका र भुटान पनि रहेका छन् । समुह ‘ए’ मा भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
नेपालले पहिलो खेल भुटानविरुद्ध सेप्टेम्बर ६ तथा दोस्रो खेल श्रीलंकाविरुद्ध सेप्टेम्बर १२ मा खेल्नेछ ।
प्रशिक्षणमा रहेका नेपाली टिमका ३५ खेलाडीः
गोलरक्षकः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उशा नाथ तथा कविता बिक
डिफेन्डरः हिराकुमारी भुजेल, सृजना सिंह ठकूरी, गंगा गुरुङ, अमृता जैसी, गीता राना, पूजा राना, पुनम जर्घा मगर, निशा थोकर, सृजना चेम्जोङ, बिमला बिक र समिक्षा घिमिरे
मिडफिल्डरः बिमला चौधरी, मन्जली कुमारी योन्जन, सविता राना मगर, प्रिती राई, सारु लिम्बु, दीपा राई, इन्दिरा राई, सरस्वती ऐयर, अनिता बस्नेत, हिमा चौधरी र कुसुम खतिवडा
फरवार्डः सावित्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल, अनिता केसी, रश्मी कुमारी घिसिङ, रजनी थोकर, निर्मला बिक र चन्द्रा भण्डारी ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया