सुत्केरी महिलाको टाउकोमा रगत जमेपछि सेनाको हेलिकोप्टरमार्फत उद्धार

जुम्ला- मुगुकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मुगुमा कार्मारोङ गाउँपालिका-३ पाखाकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहका अनुसार चार दिनअघि सुत्केरी हुन अस्पतालमा आएकी लामाको टाउकोमा रगत जमेको छ । उनले भने, 'लामाकाे टाउकाेमा रगत जमेकाले तत्काल न्यूरोको सर्जरी गर्नुपर्ने हुन्छ । न्यूरोसम्बन्धी प्रतिष्ठानमा शल्यक्रिया नहुने भएकोले काठमाडौँमा रिफर गर्नु परेको हो । बच्चाको अवस्था सामान्य रहेको छ ।'
राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँस्थित वीर अस्पतालमा लगिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना पश्चात जुम्लाबाट राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गर्नु परेको पहिलो हो । नन्दावक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार यसअघि यसरी उद्धार गर्नुपरेको थिएन । जटिल केश भएका कारण अहिले उद्धार गर्नुपर्ने अवस्था आएको उनकाे भनाइ छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_21sC6d56h4_swap23d9um3t73jld8wqi1uukuwfid5lzsjoce33e5a4fkwost3lmyrk7o5q.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया