बाढीपहिरोले सडक बगाउँदा बेंसीशहर-चामे सडक अवरुद्ध

लमजुङ- आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसीशहर-चामे सडक अवरुद्ध भएको छ ।
डुम्रे-बेंसीशहर-चामे सडक योजनाका सब इन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभीर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको हाे ।
पहिरोले सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको अधिकारीले बताए । उनका अनुसार कोतोमा २० मिटर जति सडक बगाएकाे छ । बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ रामबजार नजिकै घोप्टेभीरमा र मनाङको कोतोमा क्षति पुगेकाले बेंसीशहर-चामे सडक अवरुद्ध भएको हो ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया